Section 86G
फरफारखमा लैजान सक्ने
कुनै समस्याग्रस्त वाणिज्य बैंकवा वित्तीय संस्थाउपर दफा ८६ग. बमोजिमको कारबाही चलाउँदा वा दफा ८६ङ. बमोजिमको सुधारात्मक उपाय अवलम्बन गर्दा वा दफा ८६च. बमोजिमको उपचारात्मक कार्य गर्दा समेत त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थाले पूरा गर्नु पर्ने दायित्व पूरा गर्न असमर्थ भएको वा राम्रोसँग सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको कुरामा बैंकविश्वस्त भएमा बैङ्कले त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थालाई परिच्छेद–९क. बमोजिम फरफारखको प्रक्रियामा लैजाने निर्णय गर्न सक्नेछ ।